चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल अवतरण

admin

एजेन्सी, १९ मंसिर : चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल रुपमा अवतरण गरेको छ । चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको यान सफल रुपमा अवतरण भएको हो । गतको नोभेम्बर २३ तारिखमा पृथ्वीबाट गएको अन्तरिक्ष यान गएराति चन्द्रमाको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

अन्तरिक्ष यानको ल्यान्डरले केही दिन चन्द्रमा वरपरको क्षेत्र अवलोकन तथा सामग्री सङ्कलन गर्ने छ । मानवरहीत यो यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ ।

चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भए त्यसले अध्ययनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । च्याङ्ग‘ई ५ नाम दिइएको यो यान चन्द्रमामा अवतरण गर्दाका तस्बिर सार्वजनिक गरिएको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ ।

यसैबीच, अमेरिकी अन्तरिक्ष संस्था नासाले चीनलाई बधाइ तथा शुभकामना दिएको छ । पृथ्वीमा यसअघि अन्तिमपटक रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुंगा ल्याइएको थियो ।

प्रतिक्रिया