चीनको एक विद्यालयमा अध्ययनरत नौ विद्यार्थीका हत्यारालाई मृत्युदण्ड !

सन्दीप खत्री

सिआन, चीन, ११ असोज (रासस÷सिन्ह्वा)  :  चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ ।

स्थानीय अदालतले सो जानकारी दिएको छ । झाओ जेवेइ नाम गरेका ती व्यक्तिलाई युलिनको प्रान्तीय अदालतले यसअघि नै मृत्युदण्डको सजाय सुनाएकोमा बिहीबार सान्जी प्रान्तमा अवस्थित उच्च अदालतले सो आदेशलाई सदर गरिदिएको हो ।

सान्जीको प्रान्तको सुप्रिम पिपुल्स् कोट (एसपीसी) ले बिहीबार उनीमाथिको मृत्युदण्डको सजायलाई सदर गरिदिएको बताइएको छ ।

सो व्यक्तिले उक्त प्रान्तको मिझी ग्रामीन इलाकामा रहेको एक माध्यामिक विद्यालयमा गत अप्रिल २७ मा आक्रमण गरी नौ विद्यार्थीको हत्या गरेको थियो ।

उक्त आक्रमणबाट अरु १२ जना विद्यार्थी पनि घाइते भएका थिए । गत जुलाई १० मा नै युलिनको प्रान्तीय अदालतले जाओलाई मृत्यु दण्डको सजाय सुनाएको थियो ।

सोही विद्यालयका पूर्व विद्यार्थी रहेका २८ वर्षीय झाओले विद्यालयमा आक्रमणको योजना बनाएरै पाँच ओटा चक्कु बोकेर विद्यालय पुगेका प्रहरीले जनाएको थियो ।

झाओले बदलाको भावनाले सो आक्रमण गरेका बताइएको छ । तर उनले को सँग र किन बदला लिनु परेको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया