चीनबाट ल्याइएका नेपालीमा कोरोनाको सङ्क्रमण छैन !

admin

काठमाडौं, ७ फागुन : चीनबाट उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन अर्थात् डाक्टरको निगरानीमा राखिएका नेपालीहरुमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ ।

बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर नमुना परीक्षणसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

क्वारेन्टाइनमा एक सय ३५ जना पुरुष र ४० जना महिला गरी एक सय ७५ जना रहेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा खरिपाटी आसपासमा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै चीनबाट ल्याएकाहरुमा कोरोना सङ्क्रमण नभएको बुझाएपछि अवस्था सामान्य हुन थालेको हो ।

काठमाडौंसहित देशका धेरैजसो अस्पतालमा रुघाखोकीका बिरामी बढेका भए पनि कोरोना भाइरसको सङ्क्रमण नभइ मौसमी फ्लु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया