चीनमा खुल्यो पहिलो साइलेन्ट क्याफे, जहाँ इशारामै गर्नुपर्छ खानाको अर्डर

रिता घिसिंग

पिएनपिखबर : संसारकै तेस्रो ठुलो फूड चेन स्टारवक्सले चीनको ग्वांगझूमा साइलेन्ट क्याफे खोलेका छ। यो चीनकै पहिलो यस्तो क्याफे हो जसमा ३० जना मध्ये १५ जना कर्मचारी कान सुन्न सक्दैनन्। कम्पनिको लक्ष्य ग्राहकलाई कान नसुन्नेहरुको भाषा बुझ्न प्रेरित गर्नु हो। कम्पनिको चीनमा ३८०० शाखाहरु छन्।

 

साइलेन्ट क्याफेको इन्ट्री गर्ने ठाउँ एकदम चाखलाग्दो छ। क्याफेको भित्तामा सांकेतिक भाषाको चिन्ह र इंडिकेटर बनाएको छ ता कि यसको अर्थ बुझोस्। स्टोरमा खानाको अर्डर गर्ने तरिका पनि चाखलाग्दो नै छ। ग्राहकले नबोली इसारामै खाना अर्डर गर्नुपर्छ।

हरेक खानेकुरा र ड्रिंक पहिला नै तय गरिएको हुन्छ। ग्राहकले आफुलाई मन परेको खानेकुरा हातको इसाराले सम्झाएर अर्डर गर्नुपर्ने हुन्छ। यदि कर्मचारीलाई बुझाउन नसकिएको खण्डमा नोटप्याडमा लेखेर पनि अर्डर गर्न सकिन्छ। यसका साथै ग्राहक र कर्मचारी बीच डिजिटल कम्युनिकेशनको पनि व्यवस्था गरिएकोछ।

ग्राहकलाई भविष्यमा कुनै समस्या नआवोस र सुन्न नसक्ने मानिसले अत्यधिक जागिर मिलोस भनि कम्पनिले गुआंगडॉन्ग डीफ पीपुल एसोसिएशनसंग मिलेर सांकेतिक भाषा कार्यक्रम पनि शुरु गरिएको छ। जसले गर्दा यस क्याफेमा आउने ग्राहकले पनि भाषा चाडै बुझोस्।

स्टारबक्सले साइलेन्ट क्याफेको सुरुवात २००१६ मा मलेशिया र २०१८ मा वाशिंगटन डीसीमा पनि गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू