चीनले थप २० लाख डोज भेरोसेल खोप दिने

admin

काठमाडौं, कार्तिक २: परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ पराराष्ट्रमन्त्री विदेश वाङ यीबीच मंगलबार भर्चुअल कुराकानी भएको छ ।

चीनले नेपाललाई थप २० लाख डोज भेरोसेल खोप दिने जानकारी चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले प्रतिबद्धता गरे ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरूबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लगायत दुई मुलुकको सम्बन्धबारे समेत कुराकानी भएको छ ।

शेरबहादुर देउवाको नेतृत्वको सरकार बनेपछि चीनका परराष्ट्रमन्त्री वाङसँग सरकारी तवरमा पहिलोपटक कुराकानी भएको हो ।

प्रतिक्रिया