चीनसँगको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २६ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ ।”

प्रधानमन्त्री ओलीले टुइटरमा लेख्नुभएको छ, “उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।” राष्ट्रपति विद्यादेवी भण्डारीले मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी आज स्वदेश फर्कनुभएको छ ।

प्रतिक्रिया