चीन र भारत सेनाबीच झ’डप, भारतका तीन सैनिकको मृत्यु

admin

काठमाडौं, २ असार : चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिं’सात्मक झ’डप भएको छ । झ’डपमा तीन भारतीय सैनिकहरु मारिएका छन् ।

मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा भएको भि’डन्तबारे थप जानकारी आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।

अहिले दुवै देशका सैन्य अधिकारीहरु स्थिति सामान्य बनाउन छलफलमा जुटेका भारतीय सेनाले जनाएको खबरमा उल्लेख छ । यी दुई शक्ति राष्ट्रहरुबीचको भि’डन्तमा सैनिकको ज्यान गएको यो पहिलो घटना भएको पनि बीबीसीले जनाएको छ ।

सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गो’ली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो ।

तर सोमबार राति गो’ली हाना’हान भएको छ । भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।

चीनले भने भारतीय सैनिकले सीमा नाघेकाले झ’डपको अवस्था सृजना भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताएका हुन् ।

उनीहरुले चिनियाँ सुरक्षाकर्मीमाथि आ’क्रमण गरेकाले गम्भीर रुपमा झ’डप भएको उनले बताएका छन् । तर त्यसबारे चिनियाँ सैनिकतर्फ क्षति भए नभएको बताएनन् ।

प्रतिक्रिया