चुकुल नखोल्नु उसले त आज टन्नै पिएको छ ! – गजल

admin

गजल
चुकुल नखोल्नु उसले त आज टन्नै पिएको छ !
किनकि शब्द धारले उसको मुटु चिरिएको छ !!

फगतै बालुबामा घर बनाउदै बसिरहन्थो सधैं,
आधी आएछ र त सबै, बगाएर सकिएको छ !!

महोदय, उसलाई साङ्ग भन्नु कि! अपाङ्ग भन्नु?
जो खुट्टा नभए नि आफ्नै खुट्टामा उभिएको छ !!

एक तिमी हौ, फगत चिठी लेखेर माया दर्शाउने,
एक ऊ नै हो, मलाई बचाउन मुटु नै दिएको छ !!

प्रतिक्रिया

सम्बन्धित समाचारहरू