‘चुच्चे’ नक्सा र हिंसा रोक्‍ने कदमका लागि ओलीको सम्झना भइरहने छ : कमल थापा

admin

काठमाडौं, २७ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालको नक्सामा लिम्पियाधुरा समावेश गर्ने कार्यको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झाना आइरहेने बताएका छन्। सोमबार बिहान ट्वीटर मार्फत् ‘लिम्पियाधुरासहित ‘चुच्चे’ नक्साका लागि’ प्रधानमन्त्री ओलीको सम्झाना भइरहने बताएका हुन्।

‘नाटकीय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला। फेरि प्रम बन्न सक्नुहोला’, उनले लेखेका छन्, ‘जे होस् अनेक विवाद÷असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहने छ।’

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिन लागेका छन्। उनले विश्वासको मत गुमाउने निश्चत प्रायः भएको बेला अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

संसदमा प्रधानमन्त्रीलाई विश्वासको पक्षमा मत दिन नेकपा एमालेले ह्वीप जारी गरेको छ। तर वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले भने आज (सोमबार) बिहानै सामूहिक राजीनामा दिने तयारी गरेका छन्। त्यस्तै जनता समाजवादी पार्टी (जसपा) ले सांसदहरूलाई आफ्नो विवेक प्रयोग गर्न भनेको छ। यद्यपि बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदले अविश्वासको पक्षमा मत दिने बताएका छन्। नेपाली कांग्रस र माओवादी केन्द्रले अविश्वासको पक्षमा मत दिने बताएका छन्।

प्रतिक्रिया