चोरको आँखा पल्सरमा : काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी !

admin

काठमाडौं, माघ ५ : पछिल्ला दिनमा काठमाडौँ उपत्यकाबाट दैनिक चारदेखि पाँचवटा मोटरसाइकल चोरी हुने गरेका छन् । महानगरीय ट्राफिक प्र’हरी महाशाखामा दैनिक आउने उजुरीले यो तथ्यलाई पुष्टि गर्छ ।

विशेष गरी बजाज कम्पनीको पल्सर मोटरसाइकल धेरै चोरी हुने गरेको महाशाखाको तथ्यांक छ । गत मंसिर महिनामा मात्रै उपत्यकाबाट एक सय ४३ वटा मोटरसाइकल चोरी भएको उजुरी महाशाखामा परेको थियो । चोरी भएकामध्ये एक सय ११ वटा पल्सर मोटरसाइकल छन् ।

त्यसैगरी पुसमा एक सय ४७ वटा मोटरसाइकल चोरी भएको उजुरी परेका छन् । तीमध्ये एक सय १७ वटा पल्सर मोटरसाइकल चोरी भएका छन् । महाशाखाकाअनुसार कात्तिकमा एक सय ११ वटा मोटरसाइकल चोरी भएकामा ९३ वटा पल्सर मोटरसाइकल छन् । चोरी भएको अनुपानमा भेटिने संख्या भने कमै देखिन्छ ।

उपत्यकाबाट चोरी हुने मोटरसाइकलमा २२० सीसीका पल्सर मोटरसाइकल धेरै छन् । पल्सर मोटरसाइकलको इन्जिनमार्फत पानी तान्ने मोटरको काम गर्न सकने भएकाले चोरीमा संलग्न गिरोहको रोजाइमा यो मोटरसाइकल पर्ने गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया