चौकुनेको प्राबिधिक शिक्षालाई प्रदेश सरकारले लगानी गर्छ : मन्त्री रावल

admin
  • खगेन्द्र हमाल

सुर्खेत, २२ कात्तिक: कर्णाली प्रदेश सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिका वडा न. ७ मा स्थापना हुन लागेको मप बिश्व बिद्यालयको कृषि तथा बन बिज्ञान संकाय संचालनको सहयोगार्थ आयोजना गरिएको महायज्ञलाई शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक बिकास तथा शिक्षा मन्त्री दल रावलले उद्घाटन गर्नु भएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रावलले चौकुनेमा स्थापना हुन लागेको कर्णाली कृषि तथा बन बिज्ञान संकाय संचालन गर्नको लागि प्रदेश सरकारले लगानी गर्ने बताउनु भएको छ । आजको आधुनिक जमानामा शिक्षा अति आवश्यक भएकोले गुणस्तरिय शिक्षा र प्राविधिक शिक्षा बाट मात्र समग्र कर्णाली प्रदेशको बिकासमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भएको छ । पश्चिम सुर्खेत भन्न बित्तिकै जल, जमिन र जङ्गलले भरिपुर्ण ठाउँ भएकोले उत्पादनमा आत्मनिर्भर भइ कृषि बाट मात्र परिवर्तन सम्भव रहेको जिकिर गर्नु भयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सभाका सांसद बिन्दमान बिष्टले अब चौकुने बाट शिक्षामा आमूल परिवर्तन आउने गरि काम भैरहेको र आफुले सोही अनुसारको काममा लागेको बताउनु भयो । चौकुने गाउँपालिका अध्यक्ष धिर ब. शाहीले गाउँपालिकाको अध्यक्षमा निर्बाचित हुन बित्तिकै पहिलो गाउँ सभाबाट नै चौकुनेमा दुई वटा प्राविधिक क्याम्पस संचालनमा ल्याउने निर्णय गरेको दोहोराउनु भयो।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नर ब. बिष्ट, सिम्ता गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसि, मप बिश्व बिद्यालयका प्रमुख परिक्षा नियन्त्रण डा. आनन्द सुवेदी, जनमोर्चा सुर्खेतका अध्यक्ष गोबिन्द सुवेदी, पन्चपुरी नपा वडा न. ९ का अध्यक्ष शान्तीराज खराल नेकपाका नेताहरु खड्क बि. क. मन ब. बि. क. नेकाका नेता गजराज जोशी नेकपा चौकुनेका अध्यक्ष गंगाराम बि.क. गजराज बयक लगाएतको उपस्थित रहेको थियो ।

महायज्ञ मुल आयोजना समितिका एवं कर्णाली कृषि तथा बन बिज्ञान क्यापसका अध्यक्ष मोहन बडुवालले कर्णाली प्रदेश शिक्षाको सुचाकंमा पछि परेकोले कर्णाली प्रदेशकै शिक्षालाई माथि उकास्नको लागि चौकुनेमा कृषि तथा बन बिज्ञान क्यापस संचालनमा ल्याउन लागेको जानकारी दिनु भयो ।

यस ठाउँमा क्यापस स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेल्नु हुने तत्कालीन मप बि. बिधालयका उपकुलपति प्रा. डा उपेन्द्र कुमार कोईराला, यश क्षेत्रका माननीय, पुर्व माननीय स्थानीय जनप्रतिनिधिहरु, अगुवा बुद्धिजिबि, शिक्षक, युवा विद्यार्थी, विभिन्न राजनैतिक दलका नेताहरु , प्रत्रकार लगाएत सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।।

प्रतिक्रिया