चौकुने गाउँपालिकामा निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग सिविर सम्पन्न

admin
  • नन्दु खनाल

सुर्खेत चौकुने: कर्णाली प्रदेशको स्थानीय तह सुर्खेतको चौकुने गाउँपालिकामा एकदिन निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर सम्पन्न भएको छ।चौकुने गाउँपालिकाको समन्वयमा र कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा महिला र पुरुष गरि ३१५ जनाले स्वास्थ जाँच गरेका छन।गाउँपालिकाका अध्यक्ष श्री धिर बहादुर शाहीले स्वास्थ क्षेत्रको पहुँच बाट टाढा रहेको समुदाय र व्यक्तिहरुको स्वास्थ्य अबस्थालाई ध्यानमा राखी निशुल्क आयुर्वेद तथा शिविर संचालन गरेको वताउनु भयो ।

गाउँपालिका अध्यक्ष शाहीले हालै बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस बाट बच्न नियमित आयुर्वेद औसधि र योग तिर ध्यान दिन समेत सबैलाई आग्रह गर्नु भयो।

हामिले नियमित रुपमा योगा गर्न सक्यौं र जडिबुटी युक्त औसधिको रूपमा आयुर्वेदलाई प्रयोगमा ल्याउन सकियो भने कोरोना भाईरस कमजोर पार्न सकिने अध्यक्ष शाहिको भनाई छ । यसैगरी गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले आयुर्वेद औसधिले हरेक व्यक्ति स्वस्थ र तन्दुरुस्त हुने हुँदा आयुर्वेद औसधिलाई प्राथमिकतामा राखेर प्रयोग गर्न अनुरोध गर्नु भयो।

यसका साथै चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले आयुर्वेद चिकित्साले आयु बढाउन मानिसहरुलाई स्वस्थ राखी साईड इफेक्ट नहुने,हाम्रो भुवनोटमा जडिबुटीको प्रशस्त सम्भावना रहेकोले आयुर्वेद चिकित्सा पद्धतिको बिस्तार गर्दै सबै स्थानीय तहमा आयुर्वेद शाखा स्थापना गर्नु पर्नेमा जोड दिनु भयो ।

शिविर संचालन गर्न आयुर्वेद अस्पताल सुर्खेतका डा. लक्ष्मी नारायण तिवारी सहित डा. यादव प्रसाद उपाध्याय, डा. हेमन्त शाही सहितको टोलि रहेको शिविर व्यवस्थापक डिल्ली सापकोटाले जानकारी दिनु भयो ।

प्रतिक्रिया