चौकुने गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

admin
  • नन्दराम खनाल

चौकुने : “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” मुल नाराका साथ दोस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चौकुने गाउँपालिका वडा न. ४ बिजौरामा शुरु भएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा चौकुने गाउँपालिकाको आयोजना र जिल्ला खेलकुद विकास समिति सुर्खेतको सहयोगमा शुरु भएको कार्यक्रम २०७६ माघ २७, २८ र २९ गते सम्म जगन्नाथ मावि बिजौरामा संचालन हुने छ ।

कार्यक्रम उद्घाटन गर्दै चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले खेलकुद मनोरञ्जनका निम्ति मात्र नभई स्वास्थ्यको चौतर्फी बिकासको लागि भरपर्दो माध्यम भएको बताए । खेल अनुशासित, निष्पक्ष र पुर्वाग्रही ढंगबाट शुरु हुनु पर्नेमा जोड दिए ।

खेलकुदले व्यक्तिले जिवनमा मात्र प्रभाव नपारी सिङ्गो देश सङग जोडिने र राष्ट्रलाई नै चिनाउने तरिका बाट खेलाडिले आफ्नो प्रतिभा देखाउन सक्छ्न भन्नुभयो । विद्यार्थीहरुले पढाई सहित खेलकुद, शारीरिक व्यायमका साथै बिद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिई आफ्नो क्षमतालाई दिनहुुँ बढाउदै जानू पर्ने बताए ।

कार्यक्रममा चौकुने गाउँपालिकाकि उपाध्यक्ष निर्मला मगरले खेलाडीको गहना नै अनुशासन भएको बताईन । कार्यक्रममा चौकुने गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत हित प्रसाद पौडेलले खेलकुदले नै विद्यार्थीको परिचय निर्धारण गर्ने र व्यक्तित्व बिकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा चौकुने गाउँपालिकाका वड न. ४ का वडा अध्यक्ष नमराज जैशी, ३ का वडा अध्यक्ष गणेश कुमार राना, शिक्षा शाखा प्रमुख भानुभक्त घिमिरे, जिल्ला खेलकुद बिकास समितिका सदस्य धर्मराज ढुंगाना लगाएतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

चौकुने गाउँपालिकामा पाल्गुनको तेस्रो साता देखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना हुँदै छ । यसैको तयारीको लागि सुर्खेतका ९ ओटै स्थानीय तहमा खेलकुद छनौटका कार्यक्रम शुरु भैइरहेका छन ।

प्रतिक्रिया