चौकुने १० ले जित्यो अध्यक्ष कपको उपाधी

admin
  • नन्दु खनाल

चौकुने, १९ माघ : चौकुने युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ १६ गते देखि १८ सम्म संचालन भएको दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधी चौकुने गाउँपालिका वडा न. १० ले जितेको छ ।

शनिबार चौकुने गाउँपालिका वडा न. -९ (A) लाई २५/१८, २५/१६ र २६/२४ गरि ३/० को सोझो सेटमा पराजित गर्दै दोस्रो पटक उपाधी जितेको हो । अघिल्लो संस्करणमा पनि चौकुने -९ लाई नै फाइनलमा पराजित गर्दै उपाधी चुमेको थियो । जित संगै चौकुने -१० ले नगद स्वरुप रु. ५१,१०० सहित ट्रफी, मेडेल र प्रमाणपत्र हात पारेको छ ।

उपाबिजेतामा चित्त बुझाएको चौकुने -९ ले रु. २५१०० सहित ट्रफी , मेडल र प्रमाणपत्र पाएको हो र सान्त्वना भएको चौकुने ८ ले रु. १०,१०० ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा उत्कृष्ट पर्दशन गरेका चौकुने १० का दिनेश गाह उत्कृष्ट खेलाडी चुनिए । खेल अवधिभर अनुशासित खेलाडीको रुपमा चौकुने १ का नवीन आले मेडेल, ट्रफी, प्रमाणपत्र पाए ।

समापन कार्यक्रममा बोल्दै चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले खेलकुदले व्यक्तिको जिवन परिवर्तन हुनेमा विश्वास गरिन् । खेलाडी भनेका राष्ट्रका गहना हुन् , खेलकुदको माध्यम बाट पनि देशलाई विश्व सामु चिनाउन सकिन्छ । खेलमा हारजित हुन्छ तर खेल अनुशासित र निष्पक्ष तरिकामा खेल्नु पर्छ भन्नू भयो ।

उपाध्यक्ष मगरले चौकुने गाउँपालिकामा महिला लछित खेलकुद कार्यक्रमहरुलाई पनि अगाडि बढाउनु पर्नेमा जोड दिइन, महिलाहरु पनि भलिबल खेल्न सक्छ्न फुटबल खेल्छ्न, कृकेट या अन्य खेलहरु पनि महिलाले खेल्न सक्ने र खेलकुदमा महिलाहरुलाई आगामी दिनमा प्राथमिकतामा राखेर खेलकुदका कार्यक्रम संचालनमा ल्याउनु पर्ने सुझाव दिईन ।

चौकुनेको समग्र खेलकुद बिकासका लागि गाउँपालिकाले आगामी दिनमा थप सहयोग, साथ र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा चौकुने गाउँपालिका वडा न. १ का वडा अध्यक्ष लछिराम आले, ३ का अध्यक्ष गणेश राना मगर, ९ का वडा अध्यक्ष नवराज जैशी , नेकपाका नेता गंगाराम बि. क, हरि खनाल लगाएको उपस्थिति रहेको थियो ।

कार्यक्रम चौकुने युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष खड्क थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम समितिका सचीव डि. आर धमालाले संचालन गरेका थिए ।

प्रतिक्रिया