छोरीकी आमा बनिन् अभिनेत्री प्रियंका

admin

काठमाडौं, ६ असोज : नेपाली चलचित्रकी अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन् । अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् ।

तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् । गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चासँगै आलोचना भएको थियो ।

प्रतिक्रिया