छ प्रजातिका नयाँ चरा थपिए

admin

चितवन, माघ ९ : चितवनमा गरिएको चरा गणनामा छ प्रजातिका नयाँ चरा थपिएका छन् । गत पुष २६ देखि माघ १ गतेसम्म गरिएको गणनामा छ प्रजातिका नयाँ चरा थपिएको बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए ।

kG5L ;f/;
?kGb]xL, @! c;f/ M
a’4 hGd:yn n’lDagL If]qdf b]lvPsf kG5L ;f/; M t:jL/M lg/f uf}td÷/f;;

उनका अनुसार गत वर्ष ५७ प्रजातिका चरा देखिएकोमा अहिले घटेर ५३ प्रजाति भेटिएका छन् । बिडारीका अनुसार डबलिङ, नर्थथिङ , ल्यापविङ , उवासेट, हुग्लिङकलसहित छ प्रजातिका चरा नयाँ देखिएका हुन् । तीमध्ये दुई प्रजातिका चरा केही वर्षअगाडि नदेखिएका र यस वर्ष देखिएका उनले जानकारी दिए ।

सिमसार क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको नदी तालतलाउमा गरिएको गणनामा भेटिएको चराविद् बिडारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया