छ लाख रुपैयाँ लुट्ने चार जना पक्राउ

admin

काठमाडौं, १९ चैत : काठमाडौंको खिचापोखरीबाट ६ लाख रुपैयाँ लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खिचापोखरीमा प्रवेशराज भण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभलबाट बुधबार साँझ दाङका दिपुन श्रेष्ठ, रुकुमका तिलक रावत, कालीकोटका नविन केसी र उमेश केसीले ६ लाख रुपैयाँ लुटेका थिए ।

चार जनाले कम्पनीका कर्मचारी दीपक मल्लको हात बाँधेर खु’कुरी देखाउँदै रकम लुटेर फरार भएका थिए । प्रहरीले उनीहरूलाई राति १० बजे ५९ हजार सात सय रुपैयाँसहित पक्राउ गरेको थियो । यस्तै लुटिएको रकममध्ये ७५ हजार रुपैयाँ बालाजु बस्ने मञ्जु पटुवारलाई राख्न दिएको पनि खुलेको छ ।

बाँकी रकमले उनीहरूले कपडा, जुत्ता र झोला खरिद गरेको तथा राति होटलमा ला’गुऔ’षध से’वन गर्दै बसेका थिए । चारैजना ला’गुऔ’षध प्रयोगकर्ता रहेको र उनीहरूले थप तीन जनालाई पनि ला’गुऔ’षध से’वनको लागि होटलको कोठामा बोलाएको अवस्थामा रोल्पाका प्रशन्न हमाल र सफल आचार्य तथा नवलपरासीका मिलन ढकाललाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया