जनकपुर आइपुग्यो नेपाली रेल, हेर्नेको भिड थामिनसक्नु

admin

धनुषा, २ असोज : जनकपुर नेपाली झण्डा अङ्कित रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ । एउटा इन्जिन र चार वटा बोगीसहितको रेल जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् ।

नेपाली रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार दिउँसो जनकपुर आइपुगेको हो, रेलको भव्य स्वागत गर्दै जनकपुरमा हस्तान्तरण गर्ने तयारी छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल नेपाल आइपुगेको हो ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं/तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । ​रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

प्रतिक्रिया