जनकपुर पटना चल्ने गाडी बन्द

admin

जलेश्वर, ३ चैत : कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा सोमबारदेखि बन्द भएको छ ।

कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल-भारत मैत्री सेवा बस सञ्चालनमा सोमबारदेखि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल-भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया