जनकपुर यातायात कार्यालयमा अख्तियारको छापा, दुई जना पक्राउ

admin

जनकपुर, १४ माघ : जनकपुरको यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले छापा मारेको छ । गएराति छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको हो । 

अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलीले बरामद गरेको छ । उनले गिरीलाई रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

कर्मचारीहरुले बिचौलियाको सेटिङमा यातायात व्यवस्था कार्यालयमा घुसखोरी, भ्रष्टाचार गरिरहेको गुनासो छ ।  बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलीलाई बयान दिएका छन् ।

प्रतिक्रिया