जनगायक शर्माको छोरालाई उपचारको सहयोगार्थ पोर्चुगलमा देउसीभैलो

राष्ट्रिय समाचार समिति

लिस्बन, १६ कात्तिक:‘ सिमली छायाँमा बसी भरिया दाइ लामो सास फेरेको’ जस्ता जनप्रिय गीतका सर्जक जनगायक जीवन शर्माका छोराको सहयोगार्थ लोकदोहोरी प्रतिष्ठान युरोप शाखाले पोर्चुगलमा देउसीभैलो कार्यक्रम आयोजना गरेको हो ।

गायक शर्माका छोरा बिरामी भएपछि उपचारका लागि आर्थिक अभाव भएको कुरा समाचारमा आएपछि उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले देउसीभैलो खेली सङ्कलन भएको रु ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेपाली कला, संस्कृति र चाडपर्वको जगेर्ना र प्रवद्र्धन गर्नुका साथै जीवनभरि गायन क्षेत्रमा बिताएको सर्जक जीवन शर्माको परिवारमा परेको सङ्कटमा सहयोग गर्न पनि परदेशी भूमिमा देउसीभैलो आयोजना गरिएको लोकदोहोरी गायिकासमेत रहनुभएकी कार्यक्रमकी अगुवा बिनु बस्नेतले राससलाई बताउनुभयो ।

प्रतिष्ठान विश्वभरि छरिएर रहेका नेपाली कला र संस्कृतिलाई माया गर्ने दोहोरी गायन कलाकारहरुको साझा चौतारी भएकाले नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्नु कर्तव्य सम्झिएर हामी हरेक नेपाली चाडपर्वमा आफ्नो कला र गला समर्पित गर्दै आएका छौँ र गर्नेछौँ, प्रतिष्ठानका महासचिव सुभाषचन्द्र पुनमगरले प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया