जनताका गायक बद्री पङ्गेनिले नेपालगन्ज महोत्सवमा दर्शकलाई रुवाए

admin
  • खगेन्द्र हमाल

नेपालगञ्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा पुस ११ बाट नेपालगन्जको सडक विभाग परिसरमा शुरु भएको महोत्सवमा शनिवार लोक दोहरी गायक बद्री पङ्गेनी,शंकर बिसि,र अन्जली अधिकारीको बिशेष प्रस्तुती रहेको थियो।

लोकदोहोरी प्रतिष्ठान नेपालमा अहिलेसम्मकै उत्कृष्ट कार्यकालको रुपमा रहेर भर्खरै निबर्तमान अध्यक्षमा रहेका लोकप्रिय चर्चित गायक गायक बद्री पंगेनी यतिबेला बिभिन्न मेला महोत्सवमा व्यस्त छन।नेपालको लोक दोहरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक पङ्गेनिले आफ्नो तीन बर्षिय कार्यकालमा लोक दोहरी प्रतिष्ठानको लागि महत्वपूर्ण योगदान दिएका छन। उनका कार्यकालमा धेरै महत्त्वपूर्ण कामहरु पनि भएका छन।

जबजब गायक बद्री पङ्गेनी महोत्सवमा जान्छन चाहे त्यो रुकुम,रोल्पा होस या त बाके बर्दिया सबैभन्दा पहिला उनी सधै आमा बुवाको नै प्यारो बन्छन।नेपालगन्जमा पनि यस्तै भएको थियो।जब गाय्क बद्री पङ्गेनी स्टेजमा गए तालिको बर्षाद शुरु भयो।उनको मीठो आवाज,बोल्ने शैलिले सम्पुर्ण बाकेबासिहरु भावुक भए।घनोघर दर्शकहरुको माझमा पङ्गेनिलले आफ्नो कल र गलाबाटै सबैको मन जितेका थिए।दर्शनहरुको भिडम बद्री पङ्गेनी,शकर बिसि,अन्जली अधिकारि आउदा प्रशासनलाई कन्ट्रोल गर्न हम्मे हम्मे भएको थियो।

महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गरिएको थियो।


यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको र, भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यस महोत्सवले पर्यटनलाई समेत विकास गर्ने आशा गरिएको छ ।

प्रतिक्रिया