ज’बर्जस्ती यौ’न धन्दामा लगाएको अभियोगमा पोखराबाट युवक प’क्राउ

admin

पर्वत : एक युवतीलाई जबरजस्ती यौ’न धन्दामा लगाएको अभियोगमा एक जनालाई जिल्ला प्र’हरी कार्यालय कास्कीले प’क्राउ गरेको छ। प’क्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई पोखरामा बस्दै आएका ३४ वर्षीय केशव भुजेल छन्।

जिल्ला प्र’हरी कार्यालय कास्कीका सूचना अधिकारी प्र’हरी नायव उपरीक्षक सुवास हमालका अनुसार अभियुक्त भुजेलले ती युवतीलाई विभिन्न प्रलोभनमा पारेर पोखराको जाल्पारोडमा रहेको खाजा घरमा राम्रो काम लगाइदिन्छु भनी राम्रो व्यवहार गरेका थिए।

त्यसको एक दुई दिनपछि भने खाजा खान आउने ग्राहकसँग पैसा लिएर युवतीलाई ड’र ध’म्की दिएर ज’बरज’स्ती यौ’न धन्दामा लगाएको आरोप उनलाई लागेको छ। खाजा घरमा मात्र नभई पोखराका अन्य होटलहरुमा समेत ज’बरजस्ती पठाएर यौ’न ध’न्दामा लगाएको जाहेरी भुजेलको वि’रुद्धमा परेको छ।

उनलाई जिल्ला प्र’हरी कार्यालय कास्कीबाट गएको प्र’हरी टोलीले प’क्राउ गरेर जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ। पीडित युवतीलाई भने आवश्यक मन परामर्शपछि आफन्तको जिम्मा लगाइएको प्र’हरीले बताएको छ।

प्रतिक्रिया