जमैकन सुन्दरीलाई मिस वल्र्डको ताज, अनुष्का टप १२ मा

मनिषा थापा

काठमाडौँ : शनिबार बेलायतको लण्डनमा सम्पन्न भएको मिस वल्र्ड २०१९ को उपाधी जमैकन सुन्दरी टोनी एन्ना सिंहले जितेकी छिन । २३ वर्षीया यी जमैकन सुन्दरीले क्रिकेट र क्रिस गेलका बारेमा सोधिएको प्रश्नको निक्कै नै गतिलो जवाफ दिँदै यो उपाधी हात पारेकी हुन ।

उनले टप ५ मा भारत, फ्रान्स, ब्राजिल र नाइजेरियाकी सुन्दरीलाई पछि पार्दै यो उपाधी जितेकी हुन।

नेपालबाट प्रतियोगितामा भाग लिन गएकी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ भने टप १२ बाट बाहिरिएकी छिन । यसका साथै उनले ब्युटी विथ पर्पस र मिस मल्टिमिडिया अवार्ड भने हात पारेकी छिन । गत वर्ष श्रृंखला खतिवडा पनी टप १२ बाट नै बाहिरिएकी थिइन ।

प्रतिक्रिया