जम्मु कश्मीरमा २५ वर्षीय गोर्खाली सैनिकको निधन

मनिषा थापा

काठमाडौं : भारतको केन्द्र शासित जम्मु कास्मिरको भएको आतंकवादी हमलामा एक जना गोर्खाली सैनिकको निधन भएको छ। कास्मिरको नौशेरामा मंगलबार राति भएको हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा नि धन भएको जनाइएको छ । भारतीय से नाका प्रवक्ताले फ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले सो कुराको पुष्टि गरेका छन् । आनन्दद्वारा बुधबार विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेका छन् । उनका अनुसार मगर गोरखाको रिप गाउँका हुन् । घटनामा भारतीय से नामा कार्यरत महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि निधन भएको छ ।

६ महिना अघि मात्र तनहुँ दुले गौँडावाट उनले विवाह गरेका थिए । चार वर्ष अघि भारतीय सेनामा जागिर भएका उनले छुट्टीमा घर आउँदा विवाह गरेर फर्केका थिए । उनी पुष ५ गते मात्र भारत फर्केका थिए । उनको घरमा आमा छैनन्। आमाको निधन भइसकेको छ घरमा बुवा र दिदीबहिनी मात्र भएको थापाको मामाले बताएका छन् ।

गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पास गरेर ११ पढ्दा पढ्दै उनी सेनामा जागिर खान गएका थिए। भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गोली चलेको हो । कुराकानीको क्रममा अर्जुनले ‘गोली चल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । मामा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।’

परिवारलाई सुखमा राख्छु भन्दै सेनामा भर्ती भएका अर्जुनको निधनले पुरै ठूलो गाउँ शोकमा डुवेको छ। विद्यालय पढ्दाको उमेर देखि नै निकै मिलनसार अर्जुनले बुवालाई पनि फोनमा – ‘अब हजुरले दुख गर्ने दिन गए। म राम्रो कमाउछु र परिवारलाई सुखसंग राख्छु भनेर सम्झाउँथे ।’ आमाको निधन भइसकेका कारण एक्लो छोराको रुपमा उनले दिदीवहिनी प्रति पनि अभिभावकको जस्तो भूमिका निभाउँथे ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू