जसपाका अध्यक्षद्वयको गोप्य वार्ता, निर्णायक रहेको भनाइ

admin

काठमाडौं, ३ जेठ: जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच गोप्य बार्ता भइरहेको छ । वार्ता ‘कहाँ भइरहेको छ’ भन्नेबारे पार्टीका अन्य नेताहरुलाई समेत जानकारी गराइएको छैन ।

गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनेक्रममा जसपा दुई खेमामा विभाजित भएको थियो । अध्यक्ष ठाकुर पक्ष तटस्थमा बस्यो भने अर्का अध्यक्ष यादव पक्षका १५ सांसदले विपक्षमा मतदान गरे । त्यहीबेलामादेखि जसपा व्यवहारिक रुपमा फुटिसकेको र औपचारिक घोषणा मात्र हुन बाँकी रहेको सो दलका नेताहरुको बुझाई छ ।

प्रधानमन्त्री ओली संसदमा ठूलो दलको हैसियतले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि अध्यक्ष ठाकुर पक्षले समर्थन जनाएको छ । सरकारमा जाने तयारी समेत गरेको छ ।

तर यादव पक्षले त्यसको खुलेर विरोध गर्दैआएको छ । मधेसको माग सम्बोधनमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको र १२० जनाको मुद्दा फिर्ता गर्नुभएपछि थप मागहरु क्रमशः पुरा गराउने उद्देश्यसाथ ठाकुर पक्ष सरकारलाई समर्थन गरेको छ । केही समयपछि सरकारमा सहभागी हुने तयारी पनि गरेको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया