जसपाले पार्टी सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने

admin

काठमाडौं, १४ साउन : जसपाले पार्टी सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा विहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो ।

भदौ १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिए । अभियानका क्रममा समायोजन, सुदृढीकरण, जागरण लगाएतका गतिविधि हुने उनले बताए ।

त्यस्तै बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीमा आउन सक्ने समस्या छानविनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको खतिवडाले बताए ।

उनले जसपाको अर्को पक्षलाई कारवाही नगरेको र उनीहरु आफैनै आधिकारिक पक्षमा नआएको जिकिर गरे । उनले सरकारमा जाने बिषयमा भने केहि दिनमा टुङ्गो लाग्ने बताए ।

 

प्रतिक्रिया