जसपा फुटाउन षड्यन्त्र चलिरहेको भन्दै उपेन्द्र यादवले गरे एकता अपिल (विज्ञप्तिसहित)

admin

काठमाडौं, २१ साउन : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीविरुद्ध षड्यन्त्र चलिरहेको भन्दै सचेत र सतर्क रहन आग्रह गरेका छन् ।

उनले प्रतिगमनकारी शक्तिहरु जसपाविरुद्ध योजनावद्ध तरिकाले लागिरहेकाले सचेत हुन आग्रह गरेका हुन् ।

‘प्रतिगमनकारी शक्तिहरु षड्यन्त्रमूलक ढंगले जनता समाजवादी पार्टी, नेपाल विरुद्ध लाग्दै फुटाउ र राज्य गरेको नीति अनुरुप सक्रिय छन्,’ उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले निर्वाचन आयोगले जसपाबाट निर्णय लिनुपूर्व अलमलमा परेकाहरुलाई कुनै पनि अलमलमा नपरी जसपामै फर्कन आग्रह गरेका छन् ।

जसपाको महन्थ ठाकुर पक्षले नयाँ पार्टी निर्माणको तयारी गरिरहेको चर्चा चलिरहँदा अध्यक्ष यादवको पछिल्लो अपिल आएको हो । उनले पार्टी एकतावद्ध गरी वैकल्पिक शक्ति निर्माणको अभियानमा अगाडि बढ्न समेत भनेका छन् ।

प्रतिक्रिया