जाजरकोटमा २ जनाको श’व भेटियो, ५ अझै बेपत्ता

राष्ट्रिय समाचार समिति

सुर्खेत, २७ असार : कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पहिरोको कारणले वेपता भएका २ जनाको श’व भेटियो छ भने ५ जना अझै बे’पत्ता छन। जाजरकोटको बारेकोट गाँउपालिका–४ जिरिको सार्की टोलमा बिहीबार राति गएको पहिरोमा परि बे’पत्ता भएका थप २ जनाको श’व फेला परेको छ।

उक्त पहिरोमा परि मृ’त्यु हुनेको संख्या ९ पुगेको छ भने अझै ३ जना भने वे’पता छन् । शनिबार ३५ वर्षीय कलु सार्की र ६ वर्षीय सुभाष सार्कीको श’व फेला परेको जिल्ला प्र’हरी प्रमुख किशोरकुमार श्रेष्ठले बताए । पहिरोमा परेकी ५० वर्षीय पुष्षा सार्की, १३ वर्षीय लक्ष्मी सार्की र ११ वर्षीय कमला सार्की अझै बे’पत्ता रहेका छन् ।

बारेकोट गाउँपालिका–६ धुमामा शुक्रबार बिहान आएको बाढीले २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई बगाएर बे’पत्ता बनाएको थियो। बे’पता रहेका शान्तबहादुर र प्रचण्डको तिब्र खोजी कार्यमा नेपाल प्र’हरी र स्थानीय लागिपरेका प्र’हरी प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया