जाजरकोट घटना : छानबिन समितिद्वारा काम शुरु

admin

जाजरकोट, १६ जेठ : सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले शुक्रबार पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

त्यस्तै सो समितिले भेरी नगरपालिका-४ का सञ्जु भनिने सञ्जीव विकको श’व स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विक, सञ्जु विक, गणेश बुढा, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको श’व यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका-११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै ६ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन् । उक्त ज्ञापनपत्र बुझदै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेश आधारमा काम हुने बताए । उनले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनेसमेत बताए ।

गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेतले मृ’तकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको र हराएकाहरुको खोजीकार्य जारी रहेको सन्देश पठाएको समेत संयोजक बस्नेतले जानकारी दिए ।

मृ’तकको श’व हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको उनको भनाइ छ । शुक्रबार नै उक्त टोली रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए ।

सो समितिमा गृह मन्त्रालयका सहसचिव बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सहभागी रहेका छन् ।

यही जेठ १० गते चौरजहारी नगरपालिका-८ सोतीमा भएको सो घटनामा नवराज विक, टीकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सञ्जु विकको श’व भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजीकार्य जारी छ ।

प्रतिक्रिया