जान्नुहोस, डिम्पलको रहस्य

रिता घिसिंग

एजेन्सी : के तपाइँलाई गालामा डिम्पल भएको मनपर्छ ? के तपाइँ पनि डिम्पलको कारणले गर्दा अनुहार राम्रो देखिन्छ भन्ने कुरा सोच्नुहुन्छ ? धेरैजसो मानिसहरुलाई गालामा खोपिल्टो भएको मनपर्छ । ८०% मानिसहरुको अनुहारमा डिम्पल हुदैंन भने २०% मानिसहरुको अनुहारमा मात्र डिम्पल हुने गर्दछ । धेरैजसो मानिसलाई डिम्पलको रहस्यबारे जानकारी छैन । र डिम्पल भएका मानिसहरुलाई समेत पनि यसको अर्थबारे थाहा नहुन सक्छ । :

वास्तवमा डिम्पल अनुहारको मांसपेशीको कुरुपता हो :
डिम्पल भएको मानिसहरुलाई देखिर अन्य मानिसले इर्स्या गर्ने पनि धेरै हुन्छन् । मानिसहरु डिम्पलको लागि धेरै पैसा खर्च गरी सर्र्जरी गर्न पनि तयार हुने गर्दछन् । तर यो वास्तवमा अनुहारको मांसपेशीको बिकृती हो ।

डिम्पलको मेशिन :
सन् १९३६ मा अमेरिकी इसाबेला गिल्बर्टले डिम्पल मेशिनको आविष्कार गरेकी थिइन् । उनी आफ्नो अनुहारमा डिम्पलको कमी भएको कारणले गर्दा सधैं व्याकुल हुने गर्थिन् । त्यसैले आफ्नो जीवनको महत्वपुर्ण समय उनले यस मेशिनलाई बनाउनमा समर्पित गरिन् । यस मेशिनको मद्धतले अनुहारमा राम्रो डिम्पल सजिलै बनाउन सकिन्छ ।

डिम्पलको मद्धतले लामो समयसम्म जवान देखिन सकिन्छ :
बृद्ध अवस्थामा पनि डिम्पल भएको मानिसको अनुहार राम्रो देखिन्छ । र यसै कारणले गर्दा यीनीहरु आफ्नो वास्तविक उमेरभन्दा पनि जवान देखिन्छन् ।

परम्परागत मान्यताअनुसार डिम्पललाई सौभाग्य र समृद्धिको प्रतिक मानिन्छ :
हजारौं वर्ष अगाडि देखि नै मानिसको अनुहारमा देखिएको डिम्पल सौभाग्यको सङ्केतको रुपमा परम्परागत मान्यता रहदैं आएको पाईन्छ । यसैकारणले गर्दा धेरै संस्कृतिले डिम्पल भएका मानिसहरु भाग्यमानी हुने र यीनीहरुको जीवनमा सधैं उन्नति हुने कुरामा विश्वास गर्दछन् ।

डिम्पल भएका मानिसहरु हाँस्दाखेरी धेरै सुन्दर देखिन्छन् :
६०% भन्दा बढि हलिउडका कलाकारहरुको अनुहारमा डिम्पल देखिन्छ । यसै कारणले गर्दा यस्ता प्रख्यात व्यक्तिको मुस्कानमा धेरै मानिसहरु आकर्षित हुने गर्दछन् । तपाइँको अनुहारमा डिम्पल छैन भने निराश नहुनुहोस् । मुस्कान सबैको अनुहारमा राम्रो देखिन्छ । त्यसैले सधैं खुशी रहनुहोस् ।

वंशाणुगत गुणको रुपमा :
दुर्भाग्यवश यो एउटा वंशाणुगत गुण हो । यसै कारणले गर्दा आमाबुबा तथा बाजेबज्यैको अनुहारमा डिम्पल भएका मानिसहरुमा मात्र यो देखिने हुन्छ ।

डिम्पलले यौन आकर्षणमा पनि सहयोग गर्दछ :
डिम्पल भएका मानिसहरुलाई धेरै मानिसले मनपराउँछन् । र अध्ययनअनुसार यस्ता व्यक्तिसँग यौन सम्बन्ध राख्नमा पनि मानिसहरु आकर्षित हुने कुरा पत्ता लगाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू