जापानमा शक्तिशाली भूकम्प

admin

टोकियो, २१ असोज : जापानको उत्तरपश्चिम क्षेत्र चिबा प्रान्तस्थित ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । जापानी अधिकारीहरुका अनुसार उक्त भूकम्पको धक्का ८० किलोमिटर गहिराइसम्म ६.१ म्याग्निच्यूड मापन गरिएको हो ।

भूकम्पको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का लगातार ३० सेकेन्डसम्म थियो । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन । यद्यपि भूकम्पको धक्का शक्तिशाली भएको बताइएको छ । बिहीबार साँझ राजधानी टोकियोदेखि पूर्वी क्षेत्रमा पर्ने चिबा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार अघिल्ला भूकम्पभन्दा धेरै हल्लाएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् । कतिपय मानिसहरुले घर नै भत्किएको त्रासमा बाहिर निस्किएको बताएका थिए । टोकियो इलेक्ट्रिक पावर कम्पनीका अनुसार भूकम्पपछि राजधानी टोक्योका २५० घरमा बिजुली बन्द भएको छ ।

 

प्रतिक्रिया