जापानमा ३२ वर्षिया नेपाली महिलाको निधन !

मनिषा थापा

टोकियो  :  बाग्लुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा अल्पायुमै निधन भएको छ ।

आफ्ना श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी ३२ वर्षिया विना बोहोरा साहानी लामो समयदेखि क्यान्सरसंग जुधिरहेकी थिइन । उनको ईवाराकी केन स्थित हिताची जनरल हस्पिटलमा उपचारको क्रममा सोमवार विहान निधन भएको हो ।जापानमा ज्यान गुमाएकी ३२ बर्षिय नेपाली चेली विना बोहोरा साहानी। फाइल तस्विर ।

उनी गायक दिपिन साहनीकी श्रीमति हुन । दिपिन साहनी नेपाली संगित क्षेत्रमा प्रगतिशिल गायकका रुपमा चिनिन्छन् । केही दिन अघिमात्रै बाग्लुङकै गल्कोट नगरपालिका मल्म स्थायी घर भई जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेकी ५० बर्षिय तुलसी देवी बस्नेतको पनि हस्पिटलमा उपचारकै क्रममा निधन भएको थियो । एक्कासि बेहोस भै लडेपछि उपचारार्थ हस्पिटल लगिएको थियो ।

डाक्टरहरुले उनको मृत्युको कारण हृदयघात रहेको जानकारी दिएका थिए । आफ्ना श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी ३२ बर्षिय विना बोहोरा साहानी लामो समयदेखि क्यान्सरसंग जुधिरहेकी थिइन । उनको ईवाराकी केन स्थित हिताची जनरल हस्पिटलमा उपचारको क्रममा सोमवार विहान निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू