‘जिनियस म्युजिक अवार्ड–२०७५’ बाट गीतकार रमेश दाहाल पुरस्कृत

शर्मिला गुरुङ

काठमाडौँ, १४ जेठ : जिनियस म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको जिनियस म्युजिक अवार्ड २०७५ सम्पन्न भएको छ । गत शनिवार राष्ट्रिय नाचघरमा आयोजना गरिएको उक्त अवार्ड कार्यक्रममा रमेश दहालले ‘जननी जन्म भूमि’ बोलको गीतबाट उत्कृष्ट राष्ट्रिय भावको गीत तर्फ गीतकारको अवार्ड हात परेका छन् ।

प्रसिद्ध गायक एवम् संगीतकार प्रेमध्वजप्रधान, राजुसिंह, बाबुराजा केसी, पुरु लम्साल, जयराम पाठक र रमेश पाठकको निर्णायक मण्डलले नेपालको दिगो शान्ति, स्थायित्व, विकास र न्यायको केन्द्र बिन्दुमा रहेर तयार पारिएको राष्ट्रिय भावको गीतलाई अवार्डका लागि छनौट गरेका हुन् ।

यस गीतमा वरिष्ठ संगीतकार शक्तिबल्लभ श्रेष्ठको संगीत र गायक सुमित खड्काको स्वर रहेको छ ।

विभिन्न ४८ ओटा विधामा अवार्ड बाडीएको सो कार्यक्रममा गायक ईश्वर अमात्यलाई नगदसहित लाइफ टाईम अचिभ्मेन्ट प्रदान गरिएको थियो ।

प्रतिक्रिया