जिन्सको कपडा लगाएको निहुँमा किशोरीको ह त्या, हजुरबुबा र काका पक्राउ

admin

एजेन्सी, १२ साउन : भारतको उत्तर प्रदेशमा जिन्सको कपडा लगाएको निहुँमा एक किशोरीको ह त्या भएको छ । प्रहरीले किशोरीका हजुरबुबा र काकाले ह त्या गरेका बताएको छ । जिन्सको पाइन्ट नलगाउन भने पनि नमाने पछि किशोरीमाथि कु ट पि ट भएको अनुसन्धानबाट खुलेको छ । कु ट पि ट कै कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

ह त्यामा संलग्न भएका हजुरबुबा र काकालाई प्रहरीले पक्रेको छ । गएको ४ गते पूजाका लागि निस्किएकी किशोरीले जिन्सको पाइन्ट र टप्स लगाएकी थिइन् । तर हजुरबुबाले त्यो कपडा लगाएर नजान भनेका थिए । जवाफमा किशोरीले आफूले कपडा नफेर्ने बताएकी थिइन् । यही विषयमा विवाद हुँदा किशोरीमाथि कु ट पि ट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि उनी घाइते भएकी भन्दै उपचारका लागि अस्पताल लैजाने भन्दै घरबाट १६ किलोमिटर टाढा रहेको एउटा पुलबाट नदीमा फालिदिएका थिए । तर किशोरीको श व पुलको ग्रीलमा नै अड्किएको थियो । पुलमा श व देखेपछि प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया