जिप दुर्घटना : वडा सदस्यसहित ४ जनाको मृ त्यु

admin

काठमाडौँ, मंसिर १४ :  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृ त्यु भएको छ ।

बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दु र्घ ट ना हुँदा एक महिला र तीन पुरुषको मृ त्यु भएको हो

मृ त्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्र ह री निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।

प्र ह रीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घ ट नास्थ लमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

दु र्घ ट नामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घा इ ते भएका छन् ।

उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । निलगिरी यातायात प्रालिको जिप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खसेको छ ।

प्रतिक्रिया