जिबेस गुरुङ र याङ्सु श्रेष्ठको फिचर्डमा ‘बुटवल बसपार्क’ म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, २६ बैशाख : जिबेस गुरुङ र याङ्सु श्रेष्ठ फिचर्ड बुटवल बसपार्क सार्वजनिक भएको छ । गीतमा गायक पवन ओली र गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत समेत गायक ओलीकै हो । रोमान्टिक शैलीको गीतमा एरेन्ज भने श्यामस्वेत रसाइलीको रहेको छ ।

गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी, खोलिमा पानि, माछी बस्यो, परदेशको बास, अक्षतामा दहि लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् । गीतको म्युजिक भिडीयोलाई शिव बिकले निर्दशन गरेका हुन् । गीतको भिडियोमा उनीहरुको जोडी सुहाएको छ ।

अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियोमा माधब श्रेष्ठको सह-निर्दशन, पदम सुबेदीको सम्पादन, मिलन बिस्वकर्माको कलर र सक्षम पुडासैनीको मेकअप समाबेस रहेको छ । गीतलाई गायक ओलीको अफ़िसिएल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया