“जिल्लाकै कान्छा सरकार प्रमुखले ल्याए सडकमा मात्रै १०० करोड बजेट “

admin
  • खगेन्द्र हमाल

स्याङ्जा : चिल्लो वाटोले नछोईएको गाउपालिका हरिनासलाई यो आर्थिक वर्षमा सडकमा मात्रै झण्डै १०० करोड रकम प्रदेश सरकार संघिय सरकार वाट सडक कालोपत्रे को लागि वजेट आएको छ।

साखे चिसापानी चित्रे सडक खण्ड साखे खोलामा पुल सहित ५९ करोड ६६ लाख,मिर्दी क्याक्मी भिमाद सडक रातोपहाड गृहकोट खण्डलाई ३० करोड रकम छुट्याइएको छ।भिमाद राङ्गरुङ्ग राम्चे सडक खण्डको पनि १८ कि मि वाटो कालोपत्रेको काम यो आर्थिक वर्षमा सकिने गरेर तिब्ररुपमा काम अगाडि बढिरहेको छ।

त्यसैगरी चित्रे राम्चे सडक पनि प्रदेशको १ करोड र हरिनासको स्थानीय सरकारको २ करोड रुपैयाँको लागत साझेदारीमा यहि आर्थिक वर्षमा काम सक्ने गरेर काम हुदैछ।

हरिनास गाउँपालिका प्रमुखले भने समृद्ध नेपाल सुखी नेपालीको मुल नाराका साथ हामी अब तिब्र बिकासको गतिमा अगाडि बढिरहेका छौ।अबको यो २ बर्ष भनेको विकासको समय हो यसै दुई बर्षको अवधीभित्र नेपालमा विकास देखिनेछ ।

एकै पटक ३ वटा वाटो कालोपत्रे हुदै गर्दा त्यहाका स्थानीयबासिहरु भएको जानकारी हरिनास स्थानीय सरकार स्याङ्जाका प्रमुख खिम नारायण मानन्धरजिले जानकारी दिनुभयो।

प्रतिक्रिया