जि. एस. समाज सेवा क्लब मलेसियाद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग प्रदान

शर्मिला गुरुङ

मोरङ: जि.एस. समाज सेवा युवा क्लब मलेसियाले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ। मलेसियाको जिमिल, सोङ्लिन, ओरेन्ज, ब्लुबेरी कम्पनीमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबाट आर्थिक संकलन गरि १ लाख ८८ हजार १ सय ६२ रुपैया धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग प्रदान गरेको हो। फाउन्डेसनले तराईमा आएको बिनाशकारी हावाहुरीबाट क्षति भएको स्थानमा सहयोग हस्तान्तरण गरिने क्लबका सचिव प्रमोद मोक्तानले जानकारी दिएका छन।

यस अघि अन्जु कुमारी ऋषिदेवको परिवारलाई ‘जि.एस. समाज सेवा युवा क्लब मलेसिया’ले आर्थिक सहयोग गरिसकेको छ। बिराटनगरकी अन्जु कुमारी ऋषिदेव दुइ बर्ष अघि मनमा अनेकौं सपना बोकि सपनालाई बिपना तुल्याउन मलेसियाको जोहोरबातु पहात स्थित जिम्मिल इन्डस्ट्रियल (एम) एसडीएन बिएचडी कम्पनीमा छिरेकि थिइन। तर उनको सपनाहरु बिपनामा परिणत नहुदै मलेसिया पुगेको दुई बर्ष पश्चात अर्थात् गत फेव्रुअरी १५ मा बेलुकी १० बजे सडक दुर्घटनामा परि घटनास्थलमै ज्यान गुमाउनु पर्यो।

अन्जु दुई बर्ष अघि क्याराभन मेनपावर काठमाडौमार्फत मलेसिया गएकी थिइन। उनको अनगिन्ति सपना त पुरा भएन नै उनको घरको आर्थिक अवस्था पनि कमजोर भएकोेले उनका घर-परिवार, बाल-बच्चालाई केही सहयोग होस भनि ‘जि.एस. समाज सेवा युवा क्लब मलेसिया’को अगुवाइमा मलेसियाको जिम्मिल कम्पनी, सोङ्लिन कम्पनी, ब्लुबेरी कम्पनी, ओरेन्ज कम्पनीमा कार्यरत नेपालीहरुबाट र विभिन्न डाेनेशन बक्सबाट सहयोग संकलन गरि जम्मा आठ लाख सत्र हजार एक सय पाँच रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

राम परियारको अध्यक्षतामा आइतबार एक कार्यक्रम आयोजना गरि सम्पूर्ण सहयोग रकमको बारेमा जि .एस. क्लबका विशेष सल्लाहकार तथा प्रवासी मेमेङ समाज मलेसियाका अध्यक्ष महेन्द्र केरुङले बृस्तित रूपमा सार्बजनिक गर्नुभएको थियो।

उक्त कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मदन सुब्बा , सल्लाहकार सोमनाथ भण्डारी , हिरा बिक, महासचिव सन्तोष राई, सचिव प्रमोद मोक्तान, उपाध्यक्ष जटिल बिसि, सुर्य कार्की, बिजय जैसवाल, मिथुन बिराजी, कोषाध्यक्ष धनु राना , कोष उपाध्यक्ष विमल पोख्रेल, सदस्यहरु प्रेम बराल, गंगा कार्की, रन्जना केरुङ, सानी तामाङ , संगीता घलान, सुप्रीया तामाङ लगायत विभिन्न सदस्यहरु र समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । गायक प्रमोद मोक्तान जि.एस. समाज सेवा युवा क्लबका सचिब हुनुको साथै गित संगीत बाहेक सामाजिक सेवामा समेत सक्रिय छन।

मलेसियाको करार अवधि पुरा भएर नेपाल बस्दै आएका जि.एस. समाज सेवा युवा क्लबका पुर्व अध्यक्ष खड्ग राज भट्टराईले मृतक अन्जु ऋषिदेवको घरसम्म पुगेर मृतककि छोरी काजल ऋषिदेवको खातामा ३ लाख पचास हजार र छोराको खातामा ३ लाख पचास हजार डिपोजिट गरि बाँकी रकम मृतकको श्रीमान पुशन लाल ऋषिदेवलाई दिएको जानकारी दिनुभयो।

व्यक्तिगत सहयोग मार्फत जिमिल कम्पनीमा कार्यरत ४७१ जनाबाट मलेसियन रिंगिट ९ हजार ५ सय त्रियानब्बे, सोङ्लिन कम्पनीमा कार्यरत २२३ जनाबाट मलेसियन रिंगिट ४ हजार ४ सय साठी, ओरेन्ज कम्पनीमा कार्यरत २७३ जनाबाट मलेसियन रिंगिट ५ हजार ४ सय साठी, ब्लुबेरी कम्पनीमा कार्यरत १४५ जनाबाट मलेसियन रिंगिट २ हजार ९ सय तिस र बाहिर अन्य ११ जनाबाट मलेसियन रिंगिट १ सय पचहत्तर गरि जम्मा मलेसियन रिंगिट २२ हजार ६ सय अठार सहयोग रकम जुटेको थियो।

यस्तै डोनेसन बक्स मार्फत जिमिल कम्पनी ए बाट मलेसियन रिंगिट ४ हजार २ सय सतचालिस, ब्लुबेरी कम्पनिबाट मलेसियन रिंगिट १ हजार १ सय साठी, सोङलिन कम्पनीबाट मलेसियन रिंगिट ६ सय, जिमिल कम्पनी बि बाट १ हजार २ सय साठी, ओरेन्ज कम्पनीबाट मलेसियन रिंगिट ५ सय पच्चिस, (इएमबि ,कटिङ र हिटशिल) बाट ४ सय ६ गरि मलेसियन रिंगिट ८ हजार १ सय चौसठी जम्मा भएको थियो।

व्यक्तिगत र डोनेसन बक्समार्फत जम्मा भएको मलेसियन रिंगिट ३० हजार सात सय बयासी अर्थात् नेपाली रुपैया आठ लाख सत्र हजार एक सय पाँच पिडित परिवारलाई हस्तान्तरण गरिएको जि.एस. क्लबका विशेष सल्लाहकार महेन्द्र केरुङले जानकारी दिनुभयो। क्लबको यो आर्थिक सहयोग अभियानमा सहयोग गर्नुहुने जिमिल, सोङ्लिन, ओरेन्ज, ब्लुबेरी कम्पनीमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाई उहाँले हार्दिक धन्यवाद ज्ञापन गर्दै अहोरात्र खटेर सहयोग संकलन कार्यमा सकृय भइ अभियानलाई सफल पार्न मद्दत गर्नुहुने सहयोगी दाजुभाइ तथा दिदिबहिनीहरुलाई क्लबको तर्फबाट विशेष आभार समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू