जीपबाट खसेर एक जनाको मृ*त्यु

राष्ट्रिय समाचार समिति

घोडाघोडी, २८ फागुन : पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा बोलेरो जीपबाट खसेर एकजनाको मृ*त्यु भएको छ ।

फाइल फोटो

पहलमानपुरबाट सुखड्तर्फ आइरहेको से१च १०३४ नंको बोलेरोमा सवार अछामको रामारोशन गाउँपालिका–७ का २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृ*त्यु भएको प्र*हरीले बताएको छ ।

यात्रा गरिरहेका बेला उनीसँग रहेको इयरफोन खसेको र तान्न खोज्दा खसेर मृ*त्यु भएको इलाका प्र*हरी कार्यालय सुखड्का प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया