जीवनको नयाँ पानाहरुमा भुल्दै छु म : अभिनेत्री श्वेता खड्का

admin

काठमाडौं, २२ मंसिर : अभिनेत्री श्वेता खड्काको सोमबार विवाह हुँदैछ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तयारी र मेहन्दीको फोटो सार्वजनिक गरेकी छिन् । धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी उनले आफू विगतलाई भुलेर फेरि मुस्कुराउन लागेको बताएकी छिन् ।

फेसबुकमा उनले लेखेकी छिन्, ‘मेहन्दीको रङहरूसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ उनको विवाहमा शुभचिन्तक र दर्शकले शुभकामना दिएका छन् । उनीहरुले अभिनेता श्री कृष्ण श्रेष्ठलाई सम्झँदै श्वेतालाई शुभकामना तथा बधाई दिएका छन् । श्वेता र श्री कृष्णको विवाह भएको एक महिनापछि श्री कृष्णको निधन भएको थियो । २०७० सालमा उनीहरुको विवाह भएको थियो । श्वेताको दोस्रो विवाहलाई कलाकारले एउटा उदाहरणको रुपमा लिएका छन् ।

नेपाली समाजमा महिलाले दोस्रो विवाह गर्न हुन्न भन्ने गलत मान्यतालाई श्वेताको विवाहले हटाउन सहयोग मिल्ने उनीहरुको भनाइ छ।श्वेताले कहाँ भेटिएला..! चलचित्रबाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् । नायिका श्वेता चलिचत्रसँगै विभिन्न व्यवसायमा आबद्ध छिन् । नायिका श्वेताले आफ्नो विवाहको पूर्वसन्ध्यामा फेसबुकमा एक लेख लेखेकी छिन् । उनले एकल जीवनमा सहयात्री पाएको र विवाह गर्ने निर्णयसम्म पुगेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ? ‘मलाई थाहा छ ।’ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ’ भन्ने सोच बोकेका दुई चार जनालाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको एक महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी विधुवी बहिनीले पूरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केहीलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर मप्रति सहानुभूति राख्ने, मलाई सदैव खुसी देख्न चाहने अनि सधैँ मेरो सफलताको कामना गर्ने लाखौँ शुभचिन्तकको आशीर्वाद, सद्भाव र शुभेच्छाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुई/चार जनाले स्वत: हार खानेछन् ।’

यस्तो छ, उनले विवाहको पूर्वसन्ध्यामा फेसबुकमा लेखेको लेख :

प्रतिक्रिया