जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला, प्रथम हुनेलाई २० लाख

admin

काठमाडौं,भदौ २९: अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम शनिबारबाट खुल्ला गरिएको छ । उक्त रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ ।

उक्त रियालिटी शोमा भाग लिन चाहनेहरुले आफूलाई पायक पर्ने स्थान र प्रक्रियाबाट आफ्नो नाम दर्ता गर्न सक्नेपनि आयोजकले जनाएको छ । थप जानकारीका लागि वेभमा www.juniorvocalstar.com र Junior Vocal Star एपमा राखिएको आयोजकले जनायो । आयोजकका अनुसार आगामी एक महिनासम्म डिजिटल अडिसन खुल्ला रहनेछ । टेलिभिजनमा उक्त रियालिटी शोको उद्धघाट्न आगामी माघबाट हुनेछ । त्योभन्दा अघि अडिसन, मेगा अडिसन र छायांकनको काम तिहारपछि सुरु हुनेछ ।

आफुभित्र रहेको प्रतिभालाई संसारसामु प्रस्तुत गराने उद्देश्यसहित आयोजना हुन गैरहेको उक्त शोमा विविध कारणले आफ्नो कला देखाउन नसकेकालाई समेट्ने प्रयास गर्ने आयोजकको भनाई छ । कार्यक्रममा बोल्दै संगितकार बसन्त सापकोटाले आफुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्न शोले विशेष भूमिका खेल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमा अहिले धेरै रियालिटी शोहरुको विकास भएपनि बालबालिकालक्षित कार्यक्रमहरु उत्पादन हुन नसकेको उनको भनाई । उनले भने,‘कार्यक्रममार्फत १५ वर्षसम्मको बालबालिकालाई समेट्दै उनीहरुको कला र गला निखार्न कोशिस गरिनेछ ।’ रियालिटी शोबाट संघर्ष गरेर आएका कलाकारहरुले निकै प्रगति गरि आएको इतिहाँस साक्षी रहेकोपनि उनको भनाई छ ।

सानैबाट संगितको अध्ययन गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्न कार्यक्रमले सहयोग पु¥याउने पनि उनको विश्वास छ । ‘बालबालिकालाई संगितको अध्ययन र महत्वको बारेमा शिक्षा दिन सके भोलिको दिनमा देश र राष्ट्रको लागि संगितको माध्ययमबाट योगदान पु¥याउन सहयोग पुग्ने छ ।’–उनको भनाई छ ।


त्यस्तै कार्यक्रममा बौल्दै गायक धीरज राईले बालबालिकालाई काचो माटोको रुपमा लिदै उनीहरुलाई आफुले चाँहेको बस्तुमा ढाल्न उक्त शो कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे ।

अहिले देश तथा विदेशमा विभिन्न रियालिटी शोहरु सञ्चालनमा रहेको जनाउदै उनले नेपालबाट पनि त्यस्ता प्रतिभालाई विश्व बजारसम्म चिनाउने प्रयास हुने विश्वास दिलाए । ‘आफुले संगितको क्षेत्रमा संघर्ष गर्दा रियालिटी शोसम्बन्धी कुनै प्लेटफर्म नभएको अवस्था थियो ।’–उनले भने,‘आफ्नो जस्तो अवस्था अहिलेका बालबालिकाले नभोगुन उनीहरुको संगितको बाटो खन्न कार्यक्रमले सहयोग पु¥याउन मद्दत गर्नेछ ।’

अहिले देश तथा विदेशमा आफ्नो नाम परिचित गर्न रियालिटी शोको निकै ठुलो भूमिका रहको बताउँदै त्यहाँबाट उत्पादन भएको प्रतिभाले राष्ट्रको नाम उच्च राख्न जानेपनि उनको भनाई छ । ‘हामो सपना भनेको ठूलो पोखरीमा पौडिन सिकाउने हो । तैरिन सिक्ने भएपछि संसारलाई आफ्नो महत्वको ज्ञान दिनेछन ।’–उनले थपे ।

विविध कारणले आफुभित्र लुकेर रहेका प्रतिभालाई उक्त रियालिटी शोको माध्ययमबाट प्रस्तुत गराउन प्लेटफर्मको रुपमा कार्यक्रम सञ्चालन हुने कार्यक्रममा जानकारी गराईएको छ । कला, सौन्दर्य र प्रतिभा आँफैमा प्रकृतिको एक अनुपम छटा रहेको जनाउदै स्वरमा संगीत रहेका र गलामा चमत्कार रहेका बालबालिकालाई उक्त शोअन्र्तगत समेट्न लागेकोे आयोजकको भनाई छ ।

कार्यक्रमलाई बोल्दै आयोजक संस्थाका अध्यक्ष मिन अधिकारीले नेपालकै प्रतिष्ठित एचडि च्यानल भएको टिभि मार्फत प्रसारण गर्ने योजना रहको जानकारी गराए । उक्त शो मा भागलिन चाहने बालबालिकाका अभिभावकले आफ्ना बालबालिकाको आवाजमा कुनै गित रेर्कड गराएर आफ्नो वेभसाइटमा अपलोड गर्न सक्ने पनि जानकारी गराए । आफ्नो साइटमा अपलोड भएको उक्त अडियोको आधारमा सेलेक्सनको लागि छनौट गरिनेपनि उनको भनाइ छ ।

कार्यक्रममा अर्का वक्ता कोमल अधिकारीले नेपाली संगित क्षेत्रको विकासमा रियालिटि शो ले पु¥याउन सक्ने योगदानको चर्चा गरेका छन ।सहभागीले दर्ता पछिको छनोट प्रक्रियामा अडिसन, मेघा अडिसन, टप २०, टप १०, सेमी फाइनल हुदै ग्रान्ड फिनाले सम्म पुगेर नेपालको पहिलो जुनियर भोकल स्टारको उपाधि जित्न सक्ने आयोजकको भनाई छ ।

उक्त रियालिटि शोमा प्रथम् हुनेलाई २० लाख र ट्रफी, फस्ट रनर–अपलाई १० लाख र सेकन्ड रनर–अपलाई ५ लाख रुपैयाँ पुरुस्कारको व्यवस्था रहेको पनि जनाइएको छ ।उक्त राशिले उच्च शिक्षा तथा संगीत क्षेत्रमै आधार स्तम्ब बनाउन ठुलो भूमिका खेल्ने विश्वास गरिएको छ । नेपाली गित–संगीतको क्षेत्रमा लामो समयदेखि योगदान गरिरहेका बरिस्ठ कला अनुरागीको जज प्यानल, गित–संगीतसग प्रत्यक्ष वा परोक्ष ढंगले जोडिएका विविध क्षेत्रका दिग्गज व्यक्तित्वलाई जजको रुपमा आमन्त्रित गरिने पनि आयोजकले जनाएको छ । प्रत्येक प्रदेशबाट छनौट भएका टप १० लाई कार्यक्रममा समावेश गराएर अन्तसम्मको लागि प्रतिस्पर्धा गराउने आयोजकले जनाएको छ । कार्यक्रममा दुइ जना होस्टको व्यवस्था पनि गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया