जु’रिचको चि’डियाघरमा बाघले एक कर्मचारी मा’रिदियो

अस्मिता बेल्बासे

एजेन्सी, २२ असार : स्वीट्जर्ल्यान्डस्थित एक चि’डियाघरमा सा’इबेरियाली बाघले आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने त्यहाँको ५५ वर्षीया महिला कर्मचारीलाई मा’रिदिएको छ । 

जु’रिचको चि’डियाघरका अनुसार सो ह’मलाबारे आगन्तुकहरूले पहिलो जानकारी दिएका थिए । चि’डियाघर तथा संरक्षण केन्द्रहरूमा जनावरले आ’क्रमण गर्नु दुर्लभ मानिन्छ, तर जुरिच चि’डियाघरमा भएको यो पहिलो आ’क्रमण भने होइन ।

बीबीसीका अनुसार जु’रिच चि’डियाघरले बाघ खोरमा नै रहेको बेला ती कर्मचारी कसरी त्यहाँ पुगिन् भन्नेबारे अनुसन्धान थालिएको बताएको छ ।  तत्काल पुगेका उद्धारकर्मीहरूले बाघलाई खोरबाट बाहिर निक्लन बाध्य त पारे तर घाइते कर्मचारीको ज्यान भने जोगाउन सकेनन् ।

जु’रिच चि’डियाघरका निर्देशकले ती कर्मचारी केही समयदेखि कार्यरत रहेको बताएका छन् । उनले ती कर्मचारीको परिवारप्रति स’मवेदना प्रकट गरे । उक्त घ’टनाका साक्षीहरूलाई म’नोपरामर्शको सेवा उपलब्ध गराइने बताइएको छ । 

जु’रिच प्र’हरीकी प्रवक्ताले मद्दत ढिलो पुगेको र दु:खद निधन भएको बताएकी छिन् । इरीना नामक उक्त बघिनीको जन्म डेनमार्कको चि’डियाघरमा सन् २०१५ मा भएको थियो । गत साल इरीनालाई जु’रिच चि’डियाघरमा सारिएको थियो ।

प्रतिक्रिया