भक्तपुरमा जुवाखालबाट सात जना पक्राउ

राष्ट्रिय समाचार समिति

भक्तपुर, ४ साउन : महानगरीय प्रहरी वृत्त जगातीले आज सूर्यविनायक नगरपालिका–६ स्थित चिरन थापाले सञ्चालन गरेको ‘करण क्याफे’मा जुवातास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई रु ७० हजारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । यस्तै सूर्यविनायक नगरपालिका–६ स्थित हरिबहादुर खड्काको घरबाट गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई रु एक लाख ३३ हजारसहित पक्राउ गरेको थियो । भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट रु ६७ हजारसहित छ जनालाई पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया