जुवा अड्डामा प्रहरीको छापा, पाँच जना पक्राउ

admin

काठमाडौं, १ जेठ : चन्द्रागिरि नगरपालिका–१३ किटनी भञ्ज्याङस्थित सफल भ्याली भ्यू रेष्टुरेन्ट बाट प्रहरीले जुवातास (सट्टाबाजी) खेली रहेको अवस्थामा अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले सफल भ्याली भ्यू रेष्टुरेन्ट एण्ड रिसोर्टको उत्तर मोहोडातर्फ रहेको चेन्जिङ कोठाभित्र अवैध रुपमा जुवातास खेलिरहेका ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष स्रोतका अनुसार कोरोना महामारीका बीच अवैध तवरबाट जुवा खेलाईरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सुरूमा सिभिल प्रहरी परिचालित थिए । त्यसपछि तास खेलिरहेको यकिन भए पछि प्रहरी जुवा अड्डामा छाप हान्दै ५ जना जुवाडे पक्राउ गर्न सफल भएको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ५० को भाईराजा शाह ठकुरीको साथबाट नगद रकम पाँच हजार रुपैयाँ, जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ५० को मिन बहादुर रजालको साथबाट नगद रकम रु सत्र हजार रुपैया, जिल्ला काठमाडौं नागार्जुन न.पा वडा नं. १० घर हुने वर्ष २६ को पर्वत खड्काको साथबाट नगद रकम नौँ हजार रुपैयाँ, जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं. ५ घर हुने वर्ष ४७ को कृष्ण बिडारीको साथबाट नगद रकम बत्तिस हजार रुपैया, जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ३७ को कुमार लामाको साथबाट नगद रकम ३७ हजार पाँच सय सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाको साथबाट तास ५२ प्रति, तास खेल्न प्रयोग गरिएको मण्डी थान १ र जम्मा नगद रकम १ लाख ५ हजार ५ सय समेत रितपुर्बक बरामद गरिको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेका विरूद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ। गरिएका पाँच जनालाई जुवाऐनअन्तर्गत म्याद थप गरि कारबाही गरिने भएको छ ।

प्रतिक्रिया