जेनी तामाङलाई न्याय दिन सावित्री सुबेदी फेरी आन्दोलनमा (भिडियो)

मनिषा थापा

भक्तपुर : असार ३० गते बालाजुस्थित मृत अवस्थामा फेला परेकी १६ वर्षिया जेनी तामाङलाई न्याय माग्दै उनका आफन्त र महिला अधिकारकर्मी सावित्री सुबेदी आन्दोलनमा उत्रिएका छन्।

”अपराधीलाई फाँसी दे, दलाल डाक्टरलाई मुर्दावाद” भन्दै टिचिंग अस्पतालमा सावित्रीले नारा लगाएकी थिइन। न्याय दिलाउन आन्दोलमा होमिएकी महिला अधिकारकर्मी सुवेदीले भनिन्, ‘जबसम्म अपराधी पत्ता लाग्दैन तबसम्म आन्दोलन गर्छौ।’

मृतकका आफन्तहरुले जेनीका प्रेमी र उनकी अर्को प्रेमिका मिलेर हत्या गरेको आरोप लगाएका छन्। तर शरीरभरि निलोडाम र घाउ देख्दा पनि टिचिङ्ग अस्पतालले आत्महत्या घोषित गरेको मृतकको आफन्तको गुनासो छ।

सिन्धुली घर भई हाल त्रिपुरेश्वरमा बस्दै आएकी जेनी प्रेमीको जन्मदिनमा जान्छु भनेर घरबाट असार ३० गतेको दिन निस्किएकी थिइन। उक्त दिन जन्मदिन मनाउन पुगेकी उनी प्रेमी भीम मगरको बालाजुस्थित कोठाको बाथरुममा सलमा पासो लगाएर आत्महत्या गरेको खबर बेलुकी साढे सात बजे प्रहरीले दिएका थिए । उक्त दिन जन्मदिन मनाउन पुगेकी उनी प्रेमी भीम मगरको बालाजुस्थित कोठाको बाथरुममा सलमा पासो लगाएर आत्महत्या गरेको खबर बेलुकी साढे सात बजे प्रहरीले दिएका थिए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू