जो साहुलाई ऋण तिर्ने नसकेर देशै छोड्न बाध्य भए

admin

काठमाडौं, २८ चैत : जाजरकोटको भेरी नगरपालिका–११, कट्टी गाउँमा एक दर्जनभन्दा बढी दलित परिवार साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई सपरिवार भारतमा विस्थापित भएका छन् ।

आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले वर्षको तीन महिना पनि खान नपुग्ने सो गाउँका कैयौँ दलित समुदायले दैनिक गुजारा चलाउन साहुबाट ऋण लिनेगरेको र सो रकम तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो ।

कट्टी गाउँका १२५ घरधुरीमध्ये साहुबाट लिएको ऋण तिर्न नसक्दा सो गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी भारतमा विस्थापित भएको बताइएको छ । आफ्नो नाममा भएको जग्गालाई साहुकै नाममा नामसारी गरेर उनीहरू परिवारसहित भारततर्फ गएका छन् ।

उनीहरूसँगै गाउँको जनज्योति आधारभूत विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत बालबालिकासमेत विद्यालयको पढाइ छोडेर अभिभावकसँगै भारत जानुपरेको दलित अधिकारकर्मी पार्वती विकले बताइन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया