‘ज्ञानेन्द्र शाहीको लाशमाथि राजनीति भयो भन्दै गलत भ्रम फैलाइयो’

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानको बारे बजारमा आईरहेको भ्रम गलत रहेको अभियान्ता शाहीले बताए। उनले आफुले अभियान नछोडेको र छोडेको भन्दै गलत हल्ला फिजिएको बताएका हुन्।

‘नेपालका लागि नेपाली’ अभियानले पत्रकार सम्मेलन गरी अभियान्ता डाक्टर सुरेन्द्र भण्डारीले विशुद्ध स्वतन्त्र भ्रष्टाचार विरुद्ध अभियान रहेको, ज्ञानेन्द्र शाहीको लाशमाथि राजनीति भएको, अभियान फुट्न लागेको भन्ने सृजना गरिएको भ्रम गलत रहेको स्पष्ट पारे।

उनले शाहीको चितवन घटनापछि शारीरिक रुपले केहि आराम गर्नु पर्ने भएकोले केहि दिन आराम गर्ने त अभियानका कार्यक्रम भने चलिनै रहने जनाए। त्यस्तै यसै अभियानमा जोडिएका बाल कृष्ण न्यौपानेले ‘नेपालका लागि नेपाली’ अभियानले सत्ता लाने भए भन्ने डरले सरकारले गलत भ्रम फैलाई रहेको आरोप लगाए। उनले ज्ञानेन्द्र शाहीको सुरक्षामा संवेदनशील रहेको जनाए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू