ज्ञानेन्द्र शाहीलाई कसरी मार्ने भनेर हरेक दिन गृह मन्त्रालयमा मिटिङ हुन्छ : बालकृष्ण न्यौपाने

मनिषा थापा

पिएनपिखबर : चितवनमा भएको घटनाले मुलुक संकटमा पर्ने संकेत देखिएको ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले जनाए। ज्ञानेन्द्र शाही माथि भएको आक्रमणबारे मानव अधिकार आयोग तथा अन्तराष्ट्रियरुपमा कुरा उठाउने उनले जनाए।

उनले भने, ‘शाहीले कुटाई खानु सिङ्गो जनताले कुटाई खानु हो। भ्रष्टचार विरुद्ध आवाज उठाउँदा कुटाई खानु भनेको दमन गर्नु हो। सुशासन र शान्तिको लागि गरिएको यो अभियान गुण्डागर्दी गर्नेको पनि हितमा छ। यस घटनाले हामी पराजित भएको नठाने हुन्छ।’

उनले यस घटनामा प्रचण्ड पुष्प कमल दाहाल, प्रचण्ड पुत्री रेणु दाहाल र पर्यटन मन्त्री योगेश भट्टराईको संलग्नता रहेको आरोप लगाएका छन्। उनले पर्यटन मन्त्रीको विरोध गरे पछि उनीमाथि धेरै हमला भईरहेको जनाए। सरकारले हमला गर्ने समुहलाई तत्काल कारवाही गर्न र चितवनको मयेर रेणु दाहालको राजिनामा माग गरेका छन्।

उनले घटनाको बारेमा बताउँदै भने, ‘सबैभन्दा अगाडी जनमुक्ति सेनाका लेनिन विष्ट माथि आक्रमण भयो। त्यसपछि ज्ञानेन्द्र शाही रहेको गाडीमाथि भाला, रड, ढुंगा प्रहार गरी हमला भएको छ जुन भिडियोमा पनि देखिएको छ।’

अभियान्ता विरोधी बाल कृष्ण न्यौपानेले दशैँ पछि अझै शशक्त भएर अभियानको रोकिएको काम अघि बढाउने बताए। उनले भने, ‘ज्ञानेन्द्र शाहीलाई ३ ठाउँमा हमला भयो तर सरकारले एक अपराधीलाई पनि कारवाही गरेको छैन यसले सरकार पनि शाहीलाई मार्न लागि परेको देखिन्छ। ज्ञानेन्द्र शाहीलाई कसरी मार्ने भनेर हरेक दिन गृह मन्त्रालयमा मिटिङ हुने गर्छ।’

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू