ज्ञानेन्द्र शाही र मेरो ज्यान नै लिने तयारीका साथ वाईसियलका कार्यकर्ताले हमला गरे : लेनिन विष्ट

मनिषा थापा

पिएनपिखबर : चितवनमा वाईसियलका कार्यकर्ताहरुले हमलामा गरेको जनमुक्ति सेनाका लेनिन विष्टको दावी छ। आक्रमण गर्ने व्यक्तिहरु आफुले चिनेकै साथीहरु रहेको उनले बताए। ज्ञानेन्द्र शाही र आफुलाई आक्रमण गर्ने ४, ५ दिन देखि नै योजना भएको हुन्सक्ने उनको ठम्माई छ।

उनले आफु र ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ताहरु माथि भएको आक्रमणको घोर भर्सना गरेका छन्। कसैले विरोध गरेमा व्यक्तिलाई छानीछानी सांघेतिक हमला हुने गरेको उनको गुनासो। उनले हमला गर्ने भिडियोमा प्रष्ट देखिएको कारण सरकारले कारवाही गर्नु पर्ने उल्लेख गरे।

चितवनमा शनिबार भएको साङ्घेतिक हमलाबाट गम्भीर घाइते भएका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीको ट्रमा सेन्टरमा उपचार भईरहेको छ। घाइते भएकाशाहीको चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएकोमा सुरक्षाको कारण देखाउँदै उनलाई काठमाडौँ रेफर गरिएको हो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू